मकवानपुर । अखिल नेपाल खेलकुद महासंघ, मकवानपुरको दोस्रो जिल्ला सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट पुस्पराज पुडासैनीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्वसम्मतरूपमा चयन गरिएको छ।
जिल्लामा खेलकुद क्षेत्रको समुन्नत विकास, युवा प्रतिभाको पहिचान तथा संगठनात्मक मजबुतीको उद्देश्यका साथ सम्पन्न सम्मेलनले आगामी कार्यकालका लागि निम्न पदाधिकारीहरू निर्वाचित गरेको छ:
१. अध्यक्ष – पुस्पराज पुडासैनी
२. उपाध्यक्ष – मानसिङ दोङ
३. उपाध्यक्ष – शोभा घिमिरे
४. सचिव – उमेश पुलामी
५. सह–सचिव – जयबहादुर थोकर
६. सह–सचिव – आकाश थिङ
७. कोषाध्यक्ष – बिक्रम योन्जन
सम्मेलनमा महासंघका केन्द्रिय प्रतिनिधि, स्थानीय खेलकर्मी, युवा नेता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्वाचित अध्यक्ष पुडासैनीले जिल्लामा खेलकुद संरचना तथा गतिविधिको स्तरवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बार्दली न्यूज परिवार सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।