प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबार बिहान राष्ट्रपति समक्ष पेश गरिएको पत्रमार्फत उनले असामान्य राजनीतिक परिस्थिति र मुलुकमा देखिएका समस्या समाधानका लागि आफूले प्रधानमन्त्री पद छोड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

    ओलीले राजीनामा पत्रमा संविधानको धारा ७७ (१) क बमोजिम आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। उनले संविधानसम्मत राजनीतिक निकासका लागि थप पहल आवश्यक भएको भन्दै आफू पदबाट हट्ने घोषणा गरेका हुन्।

    यसअघि ओली २०७१ साल असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।

    FB_IMG_1757408150872.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend