राखेपमा नेपाली स्ट्रेन्थलिफ्टिङ खेलाडी स्थापितलाई थाइल्यान्ड जान बिदाइ

राखेपमा नेपाली स्ट्रेन्थलिफ्टिङ खेलाडी स्थापितलाई थाइल्यान्ड जान बिदाइ

सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । आगामी जुलाई १६ देखि २० तारिखसम्म थाइल्याण्डमा आयोजना हुने १२औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनसिप–२०२५ मा सहभागी हुन लागेका नेपाली खेलाडी केदारेश्वर मान स्थापितलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिदाइ गरिएको छ।

    नेपाल स्ट्रेन्थलिफ्टिङ फेडरेसनबाट छनोट भएका स्थापितले सो प्रतियोगितामा मास्टर मेन-२ उमेर समूह (५० वर्ष माथि), तौल समूह - ७६ केजी अन्तर्गत प्रतिस्पर्धा गर्ने छन्।

    Messenger_creation_B703BCC0-51FE-4D63-8ACC-4C60E996FBE6.jpeg

    उहाँलाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमाल कुमार श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारी, तालिम विभागका निर्देशक विष्णु बहादुर सिंह, उप-निर्देशक राजेश्वर मान स्थापित, रामेछाप जिल्ला खेलकुद विकास समिति अध्यक्ष सिताराम कार्की, नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका तदर्थ समिति संयोजक सूर्य बहादुर बुढाथोकी तथा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघ प्रमुख वीर कृष्ण महर्जन लगायतले शुभकामना दिँदै बिदाइ गरेका हुन्।

    बिदाइका क्रममा उपस्थित पदाधिकारीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान फैलाउने काममा स्थापितले उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरेका थिए।

    Messenger_creation_78338A11-3AD0-43E2-A0B8-EF7D83E49370.jpeg

    बार्दली न्यूज परिवारको तर्फबाट खेलाडी केदारेश्वर मान स्थापितलाई अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनको लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।

    देशको झन्डा गौरवपूर्वक फहराउने तपाईंको प्रयासमा हामी सधैं साथमा छौं।

    Messenger_creation_F330561B-4B74-4F36-B27D-6C52CB6FABA8.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend