ग्लोबल हिरो अवार्डबाट सम्मानित भए कुलमान घिसिङ

ग्लोबल हिरो अवार्डबाट सम्मानित भए कुलमान घिसिङ

मंगलवार, श्रावण १४ २०८२
मंगलवार, श्रावण १४ २०८२
  • बार्दली न्यूज | नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित भएका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा उनलाई यो अवार्ड प्रदान गरिएको हो।

    विद्युत क्षेत्रमा आमूल सुधार ल्याएर ‘लोडसेडिङ अन्त्य’ को ऐतिहासिक योगदान दिएका घिसिङलाई नेपाली डायस्पोराले यसरी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गरेका हुन्।

    सो अवसरमा घिसिङले भनेका छन्, “मलाई ग्लोबल हिरो अवार्डबाट सम्मानित गर्नु भएकोमा हामी नेपाली ग्लोबल संस्थाका अमृत लामा लगायत सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु।”

    उनले यस्ता कार्यहरू संसारभर रहेका नेपालीहरूलाई भावनात्मक रूपमा जोड्दै लैजान सकोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend