नेपाल एथलेटिक्स संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित : अध्यक्षमा राजिव विक्रम शाह

नेपाल एथलेटिक्स संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित : अध्यक्षमा राजिव विक्रम शाह

बुधवार, श्रावण १५ २०८२
बुधवार, श्रावण १५ २०८२
  • काठमाडौं । नेपाल एथलेटिक्स संघको साधारणसभा तथा केन्द्रीय कार्यसमिति निर्वाचन कार्यक्रम आज काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ। संघका केन्द्रिय अध्यक्ष तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

    उक्त अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, एसियान एथलेटिक्स संघका महासचिव तथा प्राविधिक निर्देशकज्यू को विशेष आतिथ्यता रहेको थियो।

    20250730_171646.jpg

    निर्वाचन प्रक्रियाअन्तर्गत संघको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ। निर्वाचनमा सहभागी सबै उम्मेदवारहरूलाई सर्वसम्मत रूपमा निर्वाचित घोषणा गरिएको हो, जसले संघभित्रको एकता र सहमतिको स्पष्ट सन्देश दिएको छ।

    निर्वाचन परिणामअनुसार अध्यक्षमा राजिव विक्रम शाह चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा कोमल ओली, जगत सिंह धामी, शैलेन्द्र खनाल, सन्तोष कुमार ढकाल, तेजेन्द्र थापा र गज बहादुर गुरुङ निर्वाचित हुनुभएको छ।

    FB_IMG_1753897993951.jpg

    महासचिवमा सञ्जिव तुलाधर, सचिवमा राधाकृष्ण बिष्ट (आर.के.), र कोषाध्यक्षमा मोहन बहादुर घले निर्विरोध चयन हुनुभएको छ। यस्तै, सदस्यतर्फ अन्जु चौधरी, दिल बहादुर बम, नन्दु काउचा, अनिरुद्ध कुमार चौधरी, मो. जाउल हक, शिवलाल आचार्य र पदमा चौधरी निर्वाचित भएका छन्।

    नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संघको नेतृत्वले अब एथलेटिक्स क्षेत्रको संस्थागत विकास, पूर्वाधार सुदृढीकरण, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारीमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।

    20250730_171516.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend