तीन देश, तीन प्रतियोगिता: नेपाली फुल कन्ट्याक्ट कराते खेलाडीको विश्वस्तरीय विजययात्रा

तीन देश, तीन प्रतियोगिता: नेपाली फुल कन्ट्याक्ट कराते खेलाडीको विश्वस्तरीय विजययात्रा

बिहिवार, श्रावण १६ २०८२
बिहिवार, श्रावण १६ २०८२
  • काठमाडौं । नेपाली फुल कन्ट्याक्ट कराते खेलाडीहरूले पछिल्ला अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेखनीय सफलता हात पारेका छन्। विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपदेखि लिएर दक्षिण एसियाली र भारतीय क्षेत्रीय प्रतियोगितासम्म नेपाली खेलाडीको प्रदर्शन प्रशंसायोग्य रह्यो।

    अजरबैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म आयोजित विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले ८ स्वर्ण र २ रजत पदक जितेर ऐतिहासिक सफलता हात पारे।

    महिला ४० केजी तौल समूहमा पूजा खड्का, महिला ५५ केजीमा बबिता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जितेका थिए। यस्तै, पुरुष ७५ केजीमा सागर विष्ट र ८५ केजीमा सुदर्शन खतिवडाले १–१ स्वर्ण तथा रजत पदक प्राप्त गरे। टोलीको नेतृत्व नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघका अध्यक्ष तथा प्रशिक्षक बिरकृष्ण महर्जनले गरेका थिए।

    त्यसैगरी, श्रीलंकामा जुलाई २७, २०२५ मा सम्पन्न “Lakmal’s Challenge – 2025” मा नेपाली खेलाडी सन्नी सिंहले स्वर्ण पदक जित्दै नेपालको गौरव बढाए। दक्षिण एसियाली स्तरको उक्त २५औं अन्तर्राष्ट्रिय प्रतियोगितामा सन्नीको प्रदर्शन उच्चस्तरीय रह्यो। टोलीको नेतृत्व अशोक कुमार श्रेष्ठले गरेका थिए।

    यता, भारतको आसाममा सम्पन्न साउथ यशियन फुलकन्ट्याक्ट कराते प्रतियोगितामा समेत नेपाली टोलीको सहभागिता उल्लेखनीय रह्यो। यद्यपि, पदक संख्या आधिकारिक रूपमा एकिन भइनसकेको भए पनि नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् भन्ने जानकारी आयोजक तथा सहभागी टोलीबाट प्राप्त भएको छ। नेपाली टोलीको नेतृत्व प्रेमनाथ श्रेष्ठले गरेका थिए।

    लगातार तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएको नेपाली खेलाडीको सहभागिता र सफलता फुल कन्ट्याक्ट करातेको विकासमा प्रेरणादायी मानिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend