अर्जुनसिंह ठकुरी : संघर्षबाट समृद्धितर्फको प्रेरणादायी यात्रा

अर्जुनसिंह ठकुरी : संघर्षबाट समृद्धितर्फको प्रेरणादायी यात्रा

आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • सानोमा कापी किन्ने पैसा नहुँदा आफ्नै पुरानो कापीलाई पानीमा भिजाएर, सुकाएर फेरि पढ्ने बालक।

    खाजा खाने पैसा नहुँदा आधा किलो सखर र थोरै नरिवल पगालेर पुष्टकारी बनाउने र साथीहरूलाई बेच्दै पहिलो व्यवसायमै ६० रुपैयाँ कमाउने साहसी विद्यार्थी।

    यसरी सुरु भएको जीवन–संघर्षले आज अर्जुनसिंह ठकुरीलाई एक सफल उद्यमी, एक प्रेरक नेता, र धेरैको जीवनमा असल मित्रका रूपमा स्थापित गराएको छ।

    FB_IMG_1755445929916.jpg

    अर्जुनसिंह ठकुरी मेहनत, लगनशीलता र दृढसंकल्पको प्रतीक हुन्।

    २०७० सालको नेपाल बन्दमा उनले आफ्नै गाडीमा “नेपाल खुल्ला छ” भनेर टाँसेर सडकमा हिँडेका दृश्य अझै पनि धेरैको स्मृतिमा ताजा छ।

    त्यसले उनलाई निडर, परिवर्तनकारी र आशावादी युवाको रूपमा चिनायो।

    FB_IMG_1755445950282.jpg

    त्यही आत्मविश्वास र नेतृत्व क्षमताले उनलाई विवेकशील नेपाली पार्टीको संस्थापक उपाध्यक्षसम्म पुर्‍यायो।

    राजनीतिक अभ्यासपछि उनले उद्यमशीलताको बाटो रोजे।

    आज उनी सूचना प्रविधि, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा सफलता हासिल गरिरहेका छन्।

    FB_IMG_1755445939351.jpg

    उनका ४–५ वटा आइटी कम्पनीहरू, विलसन एकेडेमी हाइ स्कुल, ॐ अध्याय रिट्रेट रिसोर्ट, कुलेखानी एडभेन्चर, र माउन्टेन भिस्टा रिट्रेट नगरकोट जस्ता उद्यमहरू उनलाई मात्र नभई देशकै युवा उद्यमशीलताको अनुकरणीय नमुना बनाउँछन्।

    अर्जुनसिंह ठकुरीको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, राष्ट्रलाई आवश्यक परिश्रमशील र सृजनशील युवाको प्रतिनिधित्व पनि हो।

    यस्ता ‘अर्जुन’हरू सफल भए मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्नेछ।

    FB_IMG_1755445911123.jpg

    आज ४४ औँ जन्मदिनको विशेष अवसरमा बार्दली न्यूजको तर्फबाट अर्जुनसिंह ठकुरीलाई हार्दिक शुभकामना।

    साथै उनको संघर्ष, साहस र सफलताको यात्रा आगामी दिनहरूमा अझ उज्ज्वल रहोस् भन्ने कामना।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend