धादिङमा नेपाल फुलकन्ट्याक कराँते महासंघको जिल्ला समिति गठन

धादिङमा नेपाल फुलकन्ट्याक कराँते महासंघको जिल्ला समिति गठन

आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • धादिङ । नेपाल फुलकन्ट्याक कराँते महासंघले धादिङमा आफ्नो जिल्ला समिति गठन गरेको छ । आइतबार सम्पन्न विशेष भेलाले सर्वसम्मत सहमतिको आधारमा १३ सदस्यीय नेतृत्व चयन गरेको हो ।

    समितिको गठन कार्यक्रम बागमती प्रदेश संयोजक धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने महासंघका केन्द्रीय प्रतिनिधि राजिव खड्का विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।

     १३ सदस्यीय जिल्ला कार्यसमिति:

    अध्यक्ष - सुमन अधिकारी
    उपाध्यक्ष - नीरकमल थापा
    उपाध्यक्ष - शिशिर तामाङ
    सचिव - पवन मगर
    सहसचिव - सुप्रिया तामाङ
    कोषाध्यक्ष - हरिकुमार श्रेष्ठ
    सदस्यहरु - रामशरण बिक, अभिषेक तामाङ, प्रणब धमला, अभियान त्रीपाठी, ध्रुव सापकोटा, शिशिर गुरुङ र भिमबहादुर गुरुङ

    वक्ताहरूले कराँते खेलको शारीरिक मात्र नभई मानसिक विकासमा पनि महत्वपूर्ण योगदान हुने बताएका थिए । उनीहरूले जिल्लास्तरबाटै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने भएकाले नयाँ नेतृत्वले अझ जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to bardalinews-com.sobizcloud.com  | Site By : SobizTrend